नियम ५
परिचयपत्र प्रदान गर्ने
: (१) नियम ४ को उपनियम (१) बमोजिम पर्न आएको निवेदन उपर स्थानीय तहले ऐनको दफा ४ बमोजिम जाँचबुझ गरी अनुसूची-२ बमोजिमको ढाँचामा परिचयपत्र दिनु पर्नेछ ।
(२) नियम ४ को उपनियम (२) बमोजिम पर्न आएको निवेदन उपर जाँचबुझ गर्दा निवेदनमा उल्लिखित कारण परी स्थायी ठेगाना भएको स्थानीय तहमा निवेदन दिन नसक्ने मनासिब कारण भएको पाइएमा त्यस्तो स्थानीय तहले निवेदकको स्थायी ठेगाना रहेको स्थानीय तहसँग निजले परिचयपत्र लिए वा नलिएको सम्बन्धमा जानकारी माग गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जानकारी माग गर्दा निवेदकले स्थायी ठेगाना रहेको स्थानीय तहबाट परिचयपत्र नलिएको व्यहोरा यकिन हुन आएमा निवेदक अस्थायी रुपमा बसोबास गर्दै आएको स्थानीय तहले निजको स्थायी ठेगाना खुलाई निजलाई परिचयपत्र प्रदान गरी सोको जानकारी निवेदकको स्थायी ठेगाना भएको स्थानीय तहलाई गराउनु पर्नेछ ।
(४) यस नियम बमोजिम स्थानीय तहले परिचयपत्र दिँदा देहाय बमोजिमको अपाङ्गताको आधारमा देहाय बमोजिमको रङ्गको परिचयपत्र दिनु पर्नेछ :-
(क) पूर्ण अशक्त अपाङ्गताको लागि रातो,
(ख) अति अशक्त अपाङ्गताको लागि निलो,
(ग) मध्यम अपाङ्गताको लागि पहेँलो,
(घ) सामान्य अपाङ्गताको लागि सेतो ।